Sunday, January 11, 2026
Homeकला र साहित्यबेलबारी महोत्सवमा आज दिउँसो ‘चलचित्रबाट ग्रामीण समृद्धि तर्फको यात्रा’ विषयमा बहस तथा...

बेलबारी महोत्सवमा आज दिउँसो ‘चलचित्रबाट ग्रामीण समृद्धि तर्फको यात्रा’ विषयमा बहस तथा साँझमा ‘दि फिरन्ते’को विशेष प्रस्तुति हुने

विराटचोकः हिजोदेखि दोस्रो बेलबारी महोत्सव शुरु भएको छ । महोत्सवको कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उद्घाटन गर्नुभएको छ । आयोजक बेलबारी उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा दिनहुँ नयाँ नयाँ विषयमा बहस कार्यक्रम हुनेछन् भने साँझमा साङ्गीतिक प्रस्तुति रहने भएका छन् ।

आयोजकका अनुसार आज दोस्रो दिन दिउँसोको बहस कार्यक्रम चलचित्र र ग्रामीण समृद्धि विषयमा रहेको छ । आयोजकका अनुसार ‘चलचित्रबाट ग्रामीण समृद्धितर्फको यात्रा’ शीर्षकमा महोत्सव स्थलमा दिउँसो १२ बजे हुने कार्यक्रममा चलचित्र निर्माता विशाल भण्डारी प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ । कार्यक्रमको सहजीकरण कलाकार जेबी थुलुङले गर्नुहुने भएको छ ।

आज साँझ दर्शकहरूको मनोरञ्जनका लागि चर्चित ब्यान्ड दि फिरन्तेको प्रमुख साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments