Saturday, January 10, 2026
Homeअर्थदोस्रो बेलबारी महोत्सव आज उद्घाटन हुने, साँझमा स्मृति ब्याण्ड र राजनराज शिवाकोटीको...

दोस्रो बेलबारी महोत्सव आज उद्घाटन हुने, साँझमा स्मृति ब्याण्ड र राजनराज शिवाकोटीको साङ्गीतिक प्रस्तुति रहने

विराटचोकः बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ ५ गतेसम्म मोरङको बेलबारीमा दोस्रो बेलबारी महोत्सव सञ्चालन हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महोत्सवको उद्घाटन गर्नुहुने भएको छ ।

संघका महासचिव विवेक मिश्रका अनुसार महोत्सवमा बेलबारीका ९ वटै वडाका स्टल महोत्सवमा राखेर स्थानीय तथा कृषि उत्पादनको प्रवद्र्धन गरिने भएको छ ।

संघका सचिव तथा कलाकार व्यवस्थापन संयोजक रुपेश श्रेष्ठका अनुसार महोत्सवभर हरेक साँझ साङ्गीतिक प्रस्तुति पनि रहनेछन् । जसअन्तर्गत पहिलो दिन आज द स्मृति ब्याण्ड र गायक राजनराज शिवाकोटीको आज विशेष प्रस्तुति रहनेछ ।

महोत्सवबाट लगभग ४० लाख रुपैयाँ बचत गरिने र सो रकम संघको भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments