विराटचोकः उद्घोषण तथा भाषणकला तालिमको समापनको अवसर पारेर नझरेका फूलहरूले सार्वजनिक पुस्तकालय विराटचोकमा बुधबार पोएट्री कन्सर्ट एण्ड गजल मुशायरा कार्यक्रम सम्पन्न गरेको छ ।
गजलकार रुपनारायण श्रेष्ठको प्रस्तुति रहेको गजल मुशायरामा श्रेष्ठले आधा दर्जन गजल सुनाउनुभयो । श्रेष्ठको प्रस्तुतिमा दर्शकले जोडदार ताली र हुटिङसहित मनोरञ्जन लिएका थिए ।
त्यस्तै पोएट्री कन्सर्टका लागि आयोजना गरिएको कार्यक्रममा अंशु बस्नेत, शिक्षा खनाल, अनु धिमाल, कमलादेवी अधिकारी र शान्ता चेम्जोङ लिम्बूले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार पुरन याक्खा, नाट्यकर्मी भरत बर्बरिक, गीतकार गीताप्रसाद श्रेष्ठ, गजलकार यादव भट्टराई, कवि सोम भट्टराई, राजनीतिकर्मी सुरेन्द्रबहादुर थापा, मनमाया तामाङ, कविता न्यौपाने बजगाईँ, हिमालय बोर्डिङ स्कुलका प्रिन्सिपल कमल खनाल, शिक्षासेवी सुलोचना अधिकारी, सुजिता राई, युवा नेता मोहन रेग्मी, धनु तामाङ, लीला ढुंगाना, गीता थापा, सीता छाराहाङ, इन्द्रपुर जुनियर जेसिज वर्ष २०२६ की अध्यक्ष रेजिना आचार्यलगायतको उपस्थिति थियो ।
कार्यक्रममा उद्घोषण तथा भाषण कला तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
वृषिका तुम्छाको सभापतित्वमा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार पुरन याक्खा रहनुभएको थियो । मनु तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गर्नुभएको थियो ।







