Saturday, January 10, 2026
Homeसमाचारझापामा मनाइयो ज्योतिष परिषद्को स्थापना दिवस

झापामा मनाइयो ज्योतिष परिषद्को स्थापना दिवस

दमकः नेपाल ज्योतिष परिषद्को २८ औँ स्थापना दिवस झापामा मनाइएको छ । झापा जिल्ला समितिको आयोजना तथा कोशी प्रदेश समिति, विश्व ज्योतिष महासंघ र दक्षिण एसियाली ज्योतिष महासंघको सह–आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ज्योतिष, समाजसेवा र परिषदको विकासमा उल्लेखनीय योगदान पुर्याएका ६ जना व्यक्तिलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलाले प्रदेशभर ज्योतिष सेवामा एकरूपता ल्याउने उद्देश्यले १४ वटै जिल्लामा लाइसेन्स वितरणका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

परिषद्का केन्द्रीय महासचिव विश्वप्रकाश लामिछानेले परिषदको कार्य सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यले कार्य सञ्चालन नियमावली पास गरी छिट्टै लागू गरिने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments