Wednesday, January 14, 2026
Homeकृषिजेनजी किसान पूजा, जसले १९ वर्षको उमेरमा केराबारीमा शुरु गरिन् स्ट्राबेरी खेती

जेनजी किसान पूजा, जसले १९ वर्षको उमेरमा केराबारीमा शुरु गरिन् स्ट्राबेरी खेती

खेमचन्द्र अधिकारी
केराबारीः उमेर समूहको रुपमा परिभाषित गर्दा उनी जेनजी हुन् । उनी अर्थात् पूजा मगर अहिले २२ वर्षकी भइन् । मोरङको केराबारी गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने उनी केराबारीमा व्यावसायिक स्ट्राबेरी खेती गर्ने पहिलो किसान हुन् । मेनोनाईट सेन्ट्रल कमिटि र ब्रेड फर द बल्र्ड जर्मनीको सहयोगमा हर्डनद्वारा सञ्चालित युवा सशक्तिकरण तथा पर्यावरणमैत्री उद्यम परियोजनाद्वारा गठन गरिएको युवा सचेतना समूहमा आबद्ध भई स्ट्राबेरी खेती गर्दा उनी १९ वर्षकी थिइन् ।

तीन वर्ष अघि तालिम लिएपछि परीक्षणको रुपमा गरिएको स्ट्राबेरी खेतीले परम्परागत खेतीबाट उत्पादित उपजले भन्दा राम्रो आम्दानी गरेपछि उनले खेती बिस्तार गरेकी हुन् । परम्परागत रुपमा आमाबुबाले गरेको खेतीबाट उत्पादित मकै, कोदोबाट वर्षभर खान पुग्ने अवस्था थिएन ।

आमा पूर्णकुमारी मगरका अनुसार स्ट्राबेरी खेतीको लागि आवश्यक पर्ने कम्पोष्ट मल घरमै बनाउने हुनाले मलखादको समस्या छैन । लगभग ३ रोपनी जमिनमा गरिएको स्ट्राबेरी खेतीबाट अघिल्लो वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेकी पूजालाई उत्पादित स्ट्राबेरीको लागि बजारको समस्या छैन । अहिले घरैमा प्रति केजी ५०० रुपैयाँका दरले स्ट्राबेरी बिक्री भइरहेको छ । हाल दिनको दुई केजीमात्रै स्ट्राबेरी पाक्ने गरेको छ । माघ पहिलो सातापछि भने दिनको १० केजीभन्दा बढी स्ट्राबेरी उत्पादन भई बिक्री हुने पूजाको भनाइ छ ।

स्ट्राबेरी खेतीको लागि पालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लास्टिक उपलब्ध गराएको पूजाले बताइन् ।

कुकुर र चराबाट जोगाउन मुस्किल
पूर्णकुमारीका अनुसार स्ट्राबेरी खेतीमा कुकुर र चराले हानि पुर्याउने गरेको छ । ‘पाकेको स्ट्राबेरी कुकुरले र चिबे चराले खाइदिन्छ,’ उहाँले भन्नुभयो, ‘स्ट्रबेरी जोगाउन गोठालो बस्नुपर्ने भएको छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments