Wednesday, January 14, 2026
Homeफिचरसंस्थापन पक्षलाई कांग्रेसको विशेष महाधिवेशन पक्षले वार्ताका लागि पठायो ८ बुँदे प्रस्ताव

संस्थापन पक्षलाई कांग्रेसको विशेष महाधिवेशन पक्षले वार्ताका लागि पठायो ८ बुँदे प्रस्ताव

काठमाडौंः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर जानेलगायत छन् ।

विशेष महाधिवेशनको क्रम चलिरहँदा पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । आज पनि नेताहरूले तीन चरणमा छलफल गरेका थिए ।
सो छलफलले पनि निकास ननिकालेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले पठाएका यस्ता छन् बुँदाहरू
१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) परिमार्जनसहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेद्वारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेद्वार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर जाने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments