विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २००० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८३५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो । चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।







