विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार सूचक नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात् ४.५९ अंकले बढेर २ हजार ६४०.५४ विन्दुमा रोकिएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर ६९ हजार २६१ पटक किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ५ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको थियो ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा बिहीबार हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले बढेको छ । फाइनान्स समूह सर्वाधिक अर्थात् ०.४४ प्रतिशतले घटेको छ ।
बढेको बजारमा एसवाई प्यानलको सर्वाधिक २० करोड ६ लाख ३२ हजार ७६९ रुपैयाँको शेयर किनबेच भएको छ । बन्दीपुर केवलकारको १७ करोड ६० लाख ६० हजार १८८ रुपैयाँ, सान्भी इनर्जीको १५ करोड ८९ लाख ५८ हजार ११६ रुपैयाँ, सागर डिस्टिलरीको १५ करोड ३ लाख ४७ हजार ५०४ रुपैयाँ र शिवम् सिमेण्ट्सको १४ करोड ८९ लाख २६ हजार ९९७ रुपैयाँको शेयर किनबेच भएको छ ।
धेरै कारोबार गर्ने कम्पनीको सूचीमा पाँचौँ नम्बरमा रहेको शिवम् सिमेण्ट्सबाहेक अरु ४ वटा कम्पनी हालै आईपीओ सूचीकृत भएका कम्पनी हुन् ।
बढेको बजारमा सान्भी इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् ८.१६ प्रतिशतले बढेको छ । सुपर मादी हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ३.९० प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ३३ अर्ब ५३ करोड ४४ लाख ७० हजार ७५९ रुपैयाँ निर्धारण भएको छ ।







