विराटचोकः मोरङको सुकुना बहुमुखी क्याम्पसबाट बीबीएस तथा एमबीएस उत्तीर्ण गरेका मोरङको केराबारी निवासी केशव घिमिरेले एक वर्षभित्र चार वटा विभिन्न संस्थामा दिएका प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्नुभएको छ ।
घिमिरेले नेपाल वायु सेवा निगमको लेखा अधिकृत, नेपाल विद्युत प्राधिकरणको लेखा अधिकृत, निक्षेप तथा कर्जा सुरक्षण कोषको अधिकृत तथा कोशी प्रदेश लोकसेवा आयोगको लेखा अधिकृत (सातौँ तह) पदमा नाम निकाल्नुभएको हो ।
उहाँलाई क्याम्पस प्रशासनले एक कार्यक्रम गरी बधाई तथा शुभकामना दिएको छ । उहाँ हाल कोशी प्रदेश लोकसेवा आयोगबाट लेखा अधिकृत सातौँ तहमा नियुक्त भई कार्यरत हुनुहुन्छ ।







