काठमाडौंः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘इन्धन शुल्क’ समायोजन गरेको छ ।
निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको हो । अब काठमाडौँबाट हुने उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको धनगढीको भाडा २६५ रुपैयाँ घटेको छ । धनगढीका लागि यसअघि ५ हजार ९२० रुपैयाँ रहेको इन्धन शुल्क अब ५ हजार ६५५ रुपैयाँ कायम भएको छ । सबैभन्दा कम काठमाडौं–सिमराको इन्धन शुल्क ५५ रुपैयाँ घटेको छ ।
यस्तो छ काठमाडौंबाट विभिन्न स्थानको उडानमा घटेको इन्धन शुल्क
काठमाडौँ–धनगढी २६५ रुपैयाँ
काठमाडौँ–माउन्टेन फ्लाइटः २१० रुपैयाँ
काठमाडौँ–सुर्खेतः २१० रुपैयाँ
काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ
काठमाडौँ–भद्रपुरः १८० रुपैयाँ
काठमाडौँ–विराटनगरः १४० रुपैयाँ
काठमाडौँ–भैरहवा १२५ रुपैयाँ
काठमाडौँ–राजविराजः १२५ रुपैयाँ
काठमाडौँ–तुम्लिङटारः ११० रुपैयाँ
काठमाडौँ–पोखराः ९५ रुपैयाँ
काठमाडौँ–जनकपुरः ७५ रुपैयाँ
काठमाडौँ–भरतपुरः ६५ रुपैयाँ
काठमाडौँ–सिमराः ५५ रुपैयाँ







