Saturday, January 3, 2026
Homeराजनीतिजेनजी अगुवा र कांग्रेस महामन्त्री गगन थापाबीच भेटवार्ता

जेनजी अगुवा र कांग्रेस महामन्त्री गगन थापाबीच भेटवार्ता

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापा र जेनजी अगुवाहरूबीच हिजो भेटघाट भएको छ । सरकार र जेनजीबीच भएका १० बुँदे सम्झौतालाई राजनीतिक दलहरूले समर्थन जनाउनुपर्ने भन्दै जेनजी अगुवाहरूले थापासँग भेटघाट गरेका हुन् ।

सो भेटघाटमा जेनजी अगुवाहरूले सरकार र जेनजीबीच भएको सहमतिलाई कांग्रेसले पनि अपनत्व लिनुपर्ने माग राखेको बताइएको छ । भदौ २३ र २४ गतेका घटनामा दलहरूको कमजोरी रहेको कांग्रेस महामन्त्री थापाले स्वीकार गरेका थिए । ती कमजोरी सुधार्दै दलहरु अघि बढ्नुपर्ने थापाले बताएका थिए ।

फागुन २१ को निर्वाचनअघि जेनजी आन्दोलनका मुद्दामा दलहरूले साझा प्रतिबद्धता जनाउनुपर्ने माग लिएर जेनजी अगुवाहरूले राजनीतिक दलका नेताहरूसँग भेटघाट थालेका छन् ।

थापालाई भेट्न जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारी गएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments