Monday, January 5, 2026
Homeअर्थशेयरमंसिर महिनामा ब्रोकर कम्पनीले कमिसनमार्फत् कमाए झण्डै साढे ४३ करोड रुपैयाँ

मंसिर महिनामा ब्रोकर कम्पनीले कमिसनमार्फत् कमाए झण्डै साढे ४३ करोड रुपैयाँ

विराटचोकः मंसिरमा महिनामा शेयर खरिद बिक्रीको काम गरेर कमिसनबापत मात्रै ब्रोकर कम्पनीहरूले ४३ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रकाशित गरेको मंसिर महिनाको मासिक विवरण अनुसार उक्त रकम नेप्सेलाई तिर्नुपर्ने कमिसन र कर दुवै कट्टा गरिसकेपछिको रकम हो ।

कात्तिकको तुलनामा मंसिरमा ब्रोकरले गर्ने आम्दानी बढेको छ । नेप्सेले प्रकाशित गरेको मासिक विवरण अनुसार कात्तिकमा ९२ ब्रोकर कम्पनीहरूले ३२ करोड ७७ लाख १५ हजार २९८ रुपैयाँ ९० पैसा मात्रै कमाएका थिए ।

सबैभन्दा धेरै कमाउने कम्पनीमा नासा सेक्युरिटीज परेको छ । उसले एक महिनामा ३ करोड ५ लाख रुपैयाँ कमाएको छ । कात्तिक महिनामा पनि सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनी नासा नै रहेको थियो । दोस्रोमा सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटीज छ । उसले १ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत कात्तिकमा पनि भिजन दोस्रो स्थानमा नै रहेको थियो ।

सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीबाट यस पटक श्रीहरि सेक्युरिटीज बाहिरिएको छ । श्रीहरि यस पटक १७ औँ स्थानमा झरेको छ । सबैभन्दा धेरै कमाउने २० कम्पनीहरूको सूचीमा एउटाबाहेक सबै पुराना ब्रोकर कम्पनी छन् । नयाँ कम्पनी मध्ये क्यापिटल म्याक्सले मात्रै सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ । उसले १ करोड २ लाख रुपैयाँ कमाउँदै ९ औँ स्थान ओगटेको छ । यसअघि कात्तिकमा कम्पनी १० औँ स्थानमा थियो ।

कमाइका हिसाबले बैंकका सहायक कम्पनीहरू सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनीहरूको सूचीमा पुछारतिर परेका छन् ।

स्टक डिलरको रुपमा आएका नागरिक स्टक डिलर र नबिल स्टक डिलरमध्ये कमाइका हिसाबले नागरिक स्टक डिलर निकै अघि देखिएको छ । नागरिक स्टक डिलर सबैभन्दा बढी कमाउनेको सूचीमा २२ औँ नम्बरमा छ । गत कात्तिकमा २४ औँ स्थानमा थियो । नबिल स्टक डिलर ५४ औँ स्थानमा झरेको छ । गत कात्तिकमा नबिल ४४ औँ नम्बरमा थियो ।

ब्रोकर कम्पनीको मध्यस्थकर्ता बिना सर्वसाधारण लगानीकर्ताले दोस्रो बजारमा शेयर किन्न र बेच्न पाउँदैनन् । अनलाइनमार्फत् शेयर किनबेचको सुविधा गर्दा मध्यस्थकर्ताको आवश्यकता नपरे पनि लगानीकर्ताले ब्रोकरलाई कमिसन तिर्नैपर्ने बाध्यता रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments