Thursday, January 1, 2026
Homeअर्थसुनचाँदीअङ्ग्रेजी नयाँ वर्षको दिन पनि घट्यो सुनचाँदीको भाउ

अङ्ग्रेजी नयाँ वर्षको दिन पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज अङ्ग्रेजी नयाँ वर्षको दिन पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलमा ५५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५९ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ४ हजार ४१५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ घटेको थियो ।

सुनको भाउ लगातार चौथो दिन र चाँदीको भाउ लगातार तेस्रो दिन घटेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments