विराटचोकः पुस मसान्तसम्ममा साधारणसभा गर्नैपर्ने बाध्यकारी नियमअनुसार पुस १८ गते र पुस २० गते बुक क्लोज गर्ने कम्पनीको शेयर किनेर शेयरधनी बन्ने आज अन्तिम दिन हो ।
बुक क्लोजको अघिल्लो दिनसम्म शेयर किन्ने शेयरधनीले कम्पनीले प्रदान गर्ने लाभांश पाउँछन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकम र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते बुक क्लोज गर्दैछन् । पुस १९ गते शनिबार र पुस १८ गते शुक्रबार शेयर बजार बन्द हुने भएकाले ती कम्पनीको शेयर किनेर लाभांश हात पार्ने अन्तिम दिन आजै हो ।
त्यस्तै, कालिका पावर, अपि पावर, अरुण भ्याली हाइड्रो, युनाइटेड इदीमार्दी एण्ड आरवि, स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, हिमालयन लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मेरो माइक्रोफाइनान्सले भोलि पुस १८ गते बुक क्लोज गर्ने भएकाले ती कम्पनीले दिन बोनस खातामा जम्मा गर्न आज शेयरधनी बन्ने अन्तिम दिन हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ६.४० नगद लाभांश दिने भएको छ ।
मेरो माइक्रोफाइनान्सले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेपाल टेलिकमले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले करसहित १३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कालिका पावरले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद दिने भएको छ ।
अपि पावरले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
युनाइटेड इदीमार्दी एण्ड आरवि कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
स्वरोजगार लघुवित्तले १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
ग्लोबल आईएमई लघुवित्तले चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
हिमालयन लघुवित्तले चुक्तापूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
ती कम्पनीका साधारणसभाले पारित गरेपछि शेयरधनीको डिम्याट खातामा सेयर बोनस र बैंक खातामा नगद लाभांश जम्मा हुनेछ ।







