Friday, February 13, 2026
Homeविश्वबंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

विराटचोकः ८० वर्षको उमेरमा बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ ।

आज बिहान उहाँको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेको छ । उहाँ पछिल्ला केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्यापछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उहाँले बिएनपीको नेतृत्व सम्हाल्नुभएको थियो ।

उहाँ सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको थियो । सन् २००१ मा पुनः सत्तामा फर्केर २००६ सम्म सरकारको नेतृत्व गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments