विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा गायक, मोडल, खेलाडीसम्मको नाम समावेश भएको छ ।
बालेन शाह र उज्यालो नेपाल पार्टीलाई मिलाएर ११० जनाको नाम रास्वपाले पेश गरेको हो ।
समानुपातिकको बन्दसूचीमा आदिवासी जनजातिको पुरुषतर्फ पहिलो नम्बर डा. राम रामा छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पाँचौं नम्बरमा छ ।
आदिवासी जनजातिको महिला क्लस्टरको पहिलो नम्बरमा टासी लाजोमको नाम छ ।
खस आर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बरमा विपिनकुमार आचार्यको नाम छ । सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने र रमेश प्रसाईंको नाम क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय छैटौं नम्बरमा छन् ।
खस आर्य समूहको महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ । त्यसपछि विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल लगायतको नाम छ ।
थारु (पुरुष)तर्फ सुरेन्द्र चौधरी र थारु महिलातर्फ गीता चौधरीको नाम पहिलो नम्बरमा छ ।
दलित पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा र गायक प्रकाश सपुत दोस्रो नम्बरमा छन् । प्रकाशचन्द्र परियार तेस्रो र रामजी राम चौथो नम्बरमा छन् । दलित महिलातर्फ रिमा विश्वकर्माको नाम अगाडि छ ।
मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा. नन्दन यादव र महिलातर्फ पुनमकुमारी अग्रवालको नाम छ ।
मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह र दोस्रो नम्बर मिर्जा रसिद वेग छन् । मुस्लिम महिलातर्फ पहिलो नम्बरमा समिना मिया, दोस्रो नम्बरमा मोहना अन्सारी र तेस्रो नम्बरमा समिउन निशाको नाम समावेश छ ।







