Wednesday, December 31, 2025
Homeअर्थशेयरआजदेखि सर्वसाधारणका लागि सालपा विकास बैंकको आईपीओ बिक्री शुरु

आजदेखि सर्वसाधारणका लागि सालपा विकास बैंकको आईपीओ बिक्री शुरु

विराटचोकः सर्वसाधारणका लागि सालपा विकास बैंक लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

सो बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि र सामूहिक लगानी कोषहरूका लागि आईपीओ बाँडफाँड भइसकेको छ ।

२६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन हुन लागेको हो ।

सोे आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन पाइने सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments