इटहरीः काठमाडौंमा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट सुनसरीका चार जना शिक्षक केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ ।
हिसान सुनसरीको दुई कार्यकाल अध्यक्ष भइसकेका मुकुन्द घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । बलराम पन्त दोस्रो कार्यकालका लागि सचिव पदमा निर्वाचित हुनुभएको छ । हिसान सुनसरीका वर्तमान अध्यक्ष सागरप्रसाद भट्टराई र सल्लाहकार केशव खड्का केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा १६० मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गर्नुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा डा. स्वागत श्रेष्ठ र टङ्कराज आचार्य निर्वाचित हुनुभएको छ । डा. श्रेष्ठले १४७ मत तथा आचार्यले १०३ मत प्राप्त गर्नुभएको थियो । सो पदका प्रतिस्पर्धी जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्तले क्रमशः ३७, १०० र ७८ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्ष पदका १३ जनामध्ये ११ जना सर्वसम्मत निर्वाचित हुनुभएको छ । निर्विरोध निर्वाचित हुनेहरूमा आर.वि. अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने हुनुहुन्छ ।
महासचिव पदमा रामहरि सिलवाल १४८ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गर्नुभएको थियो ।
सचिव पदमा कृष्णप्रसाद पौडेल (१४३), जीवन लामा गोले (१६७), पारस श्रेष्ठ (१४५), भवानीप्रसाद पौडेल (२१९), यमबहादुर रोका (१४५), राजेश कार्की १४३ र बलराम पन्त १५५ मतसहित निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्ष पदमा शिवप्रसाद अधिकारी निर्विरोध निर्वाचित हुनभएको छ । सहकोषाध्यक्षमा शङ्कर भट्टराई निर्वाचित हुनुभएको छ ।







