Wednesday, December 31, 2025
Homeराजनीतिउम्मेद्वारको खर्च सीमा ३३ लाख रुपैयाँसम्म

उम्मेद्वारको खर्च सीमा ३३ लाख रुपैयाँसम्म

विराटचोकः फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेद्वारको खर्च सीमा तोकेको छ ।

आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेद्वारले अधिकतम कति पैसा खर्च गर्न पाउँछन् भन्ने निर्धारण गरिएको छ । भौगोलिक क्षेत्रअनुसार खर्च सीमा निर्धारण अनुसार काठमाडौंका क्षेत्र नम्बर १, ३, ६, ७ र ८ का उम्मेद्वारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

काठमाडौंका क्षेत्र नम्बर २, ४, ५, ९ र १० का उम्मेद्वारले अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउनेछन् ।

झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा उठ्ने उम्मेद्वारले २९ लाख खर्च गर्न पाउनेछन् ।

झापा–२, ३, ५ का उम्मेदवारले ३१ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की लगायतका जिल्लाका उम्मेद्वारले पनि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

सबैभन्दा धेरै खर्च गर्न पाउने जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी, बैतडी रहेका छन् । ती निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

निर्वाचन सकिएको ३५ दिनभित्र खर्च विवरण आयोगमा बुझाउनुपर्नेछ ।

उम्मेद्वारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सञ्चालन गरी सोही खाताबाट खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments