काठमाडौंः सन् २०२५ को ११ महिनामा इलाममस्थित सुकिलुम्बा विमानस्थलबाट सबैभन्दा थोरै ८३ जनाले हवाइ सेवा लिएका छन् । बझाङ विमानस्थलबाट १२७ जनाले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट ४०५ यात्रुले सेवा लिएका छन् । खोटाङको साँफेबगर विमानस्थलबाट ३०५ जना र मनमाया राई खानीडाँडा विमानस्थलबाट ४९९ जनाले सेवा लिएका छन् ।
ओखलढुंगाको रुम्जाटारबाट ५०८ र गुल्मीस्थित रेसुङ्गा विमानस्थबाट ६५६ यात्रुले सेवा लिएको प्राधिकरणले जनाएको छ ।
कास्कीको पोखरा विमानस्थल आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रुले सेवा लिएको विमानस्थल हो । सो विमानस्थलबाट ७ लाख ९८ हजार ७ सय ९१ यात्रुले सेवा लिएकोमा अधिकांश आन्तरिक यात्रु हुन् ।
सोलुखुम्बुको लुक्लाबाट १ लाख ३० हजार ५ सय ४६ यात्रुले सेवा लिएका छन् ।
मुगुको रारामा १० हजार ३ सय ११ यात्रुले सेवा लिएको तथ्यांक छ ।
रामेछापबाट ३३ हजार ५ सय ४९ यात्रुले सेवा लिएका छन् ।
नेपालगञ्जले ४ लाख ९८ हजार १ सय ९० र विराटनगरले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएका छन् ।
भैरहवामा आन्तरिकतर्फ ६ लाख ७५ हजार ३ सय ३४ यात्रुले सेवा लिएको तथ्यांक छ । धनगढीमा २ लाख ९० हजार ७ सय ३६ यात्रुले सेवा लिएका छन् । सिमरामा २ लाख १३ हजार १ सय ७०, भद्रपुर २ लाख ६ हजार २ सय ६० यात्रुले सेवा लिएको तथ्याङ्क छ ।
जुम्लामा १० हजार ८ सय ४०, डोल्पा ४ हजार ९ सय ३९, बाजुरा ९ हजार ९ सय ४०, भोजपुर २ हजार ८ सय ९८, फाप्लु ४ हजार २ सय ५८ र दाङमा १ हजार २ सय ६६ यात्रुले सेवा लिएका छन् ।
यात्रु पाइए पनि वायुसेवा कम्पनीसँग पर्याप्त साना जहाज नहुँदा अहिले पहाडी भेगका विमानस्थलमा नियमित उडान हुन सकेको छैन ।







