गछियाः लायन्स क्लब अफ सुन्दरदुलारीले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का १०० विपन्न परिवारलाई न्यानो कपडा वितरणस्वरूप १०० थान फाइभर सिरक वितरण गरेको छ ।
आज गछिया आधारभूत विद्यालय सुन्दरहरैंचा–६ को प्राङ्गणमा भएको कार्यक्रममा सो वडाका विभिन्न टोलको सिफारिशमा १०० परिवारलाई सिरक वितरण गरिएको लायन्स क्लब अफ सुन्दरदुलारीले जनाएको छ ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा लायन्सको डिस्ट्रिक्ट ३२५ सि का गभर्नर बबरजंग थापा, पीएमसीसी इन्द्र खत्री (राजन), सेकेण्ड भीडीजी रमेश खत्री, जिल्ला कोषाध्यक्ष नागेश पोखरेल तथा फस्र्ट लेडी सुशीला पोखरेलका साथै लायन्सकर्मी प्रदीप बिष्ट, पीतकुमार श्रेष्ठ, ओमकुमार श्रेष्ठ, लक्ष्मीप्रसाद फुयाल, अर्जुनकुमार तिम्सिनालगायतको उपस्थिति थियो ।
लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तुलसा आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा गछिया आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र सापकोटा, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तेजबहादुर प्रधान, समाजसेवी असिम राईलगायतको उपस्थिति थियो ।
विद्यालयमा आयोजित कार्यक्रममा न्यानो कपडा वितरण गरिसकेपछि लायन्स क्लब अफ सुन्दरदुलारीले हात्तीपीडित सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का बन्दना गुरागाई र उमेश परियारको परिवारलाई पनि एकएक थान फाइभर सिरक प्रदान गरेको थियो ।







