विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित होटल व्यवसायीको साझा संस्था सुन्दर होटल व्यवसायी संघको अध्यक्षमा पुनः उत्सव थापा चयन हुनुभएको छ ।
शनिबार सुन्दरहरैंचा–६ हसिना सिमसारमा भएको संघको तेस्रो साधारणसभाले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । साधारणसभाले संघको महासचिवमा आकाश दुलाल र वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । उपाध्यक्षद्वयमा सुजन सुब्बा र गोमा श्रेष्ठ चयन हुनुभएको छ । सचिवमा स्थिरबहादुर कटुवाल तथा कोषाध्यक्षमा नरेन्द्रमणि पौडेल र सह कोषाध्यक्षमा धितराज राई चयन हुनुभएको छ ।
सदस्यहरुमा नवीन खनाल, विशालकुमार साहु, अधुनी चौधरी, इन्द्रमाया खत्री, नवीन ढकाल, चुडा बिष्ट, जानुका गिरी र सिन्धु नेपाल चयन हुनुभएको छ ।
साधारणसभाले गत आर्थिक वर्षको संघको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रविन गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा होटल व्यवसायी संघ कोशी प्रदेशका संस्थापक अध्यक्ष मणिन्द्रबहादुर कटुवालको पनि उपस्थिति थियो ।
कार्यक्रममा सुनसरी होटल व्यवसायी संघका अध्यक्ष तेज पुरीलगायतको उपस्थिति थियो ।







