विराटचोकः घट्दो क्रममा रहेको शेयर बजार आज १ दशमलव ८३ प्रतिशत अर्थात् ४७ दशमलव ५५ अङ्कले बढेको छ । लगानीकर्ताले यो बढाइलाई रवि र बालेनबीच भएको सहमतिको परिणामको रुपमा लिएका छन् ।
साताको पहिलो कारोबार दिन आज ३२८ वटा कम्पनीको १ करोड ३१ लाख ५७ कित्ता शेयर ८९ हजार २५१ पटक किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार भएको छ ।
सबै समूहमा हरियाली छाएको दिन आज फाइनान्स समूह सर्वाधिक अर्थात् २.७० प्रतिशतले बढेको छ । अन्य समूह २.५५, विकास बैंक २.२८, लगानी १.९९, हाईड्रो १.९७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.८७, निर्जीवन बीमा १.७०, बैंक समूह १.६६, होटल १.३८, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.९४ र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ ।
आज युनियन हाईड्रोपावरको सर्वाधिक २७ करोड ६० लाख ३५ हजार १९३ रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार उच्च अङ्कले बढे पनि आज कुनै पनि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छैन । सबैभन्दा धेरै मिडसोलु हाईड्रोपावरको शेयरमूल्य ९.४९ प्रतिशतले बढ्दा जोशी हाईड्रोपावरको शेयरमूल्य ६.९७ प्रतिशत, अपर स्याङ्गे हाईड्रोपावरको ६.५२ र रुरु जलविद्युत कम्पनीको शेयरमूल्य ५.१६ प्रतिशतले बढेको छ ।
बजार बढे पनि विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २१ अर्ब ५८ करोड ३६ लाख १ हजार २७२ रुपैयाँ निर्धारण भएको छ ।







