Sunday, December 28, 2025
Homeफिचरसुनचाँदीको भाउले आज पनि बनायो उच्च मूल्यको नयाँ रेकर्ड, सुन तोलाको २...

सुनचाँदीको भाउले आज पनि बनायो उच्च मूल्यको नयाँ रेकर्ड, सुन तोलाको २ लाख ७० हजारमाथि

विराटचोकः सुनचाँदीको भाउले आज पनि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७० हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८३५ रुपैयाँ निर्धारण भएको छ ।

सुन चाँदी दुवैको भाउले शुक्रबार कायम उच्च मूल्यको रेकर्ड आज तोडेको हो ।

शुक्रबार सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments