दुलारीः मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माविमा कक्षा ७ मा अध्ययनरत युधिष्ठिर घिमिरेले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
हालै भारतको सिक्किम, कालिम्पोङमा सम्पन्न कालिम्पोङ इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ अन्तर्गत पुम्से विधाको अण्डर १२ उमेर समूहमा प्रतिष्पर्धा गर्दै घिमिरेले स्वर्ण पदक जितेका हुन् ।
यही पुस ५ र ६ गते भारतको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा सम्पन्न प्रतिष्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्न सफल घिमिरेको यस उपलब्धिले विद्यालय, परिवार तथा समग्र जिल्लालाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ ।







