Wednesday, December 24, 2025
Homeफिचरपौडेल महासंघद्वारा सुन्दरहरैँचामा अष्ट ज सम्बन्धी जानकारी 

पौडेल महासंघद्वारा सुन्दरहरैँचामा अष्ट ज सम्बन्धी जानकारी 

ठडियाः पौडेल वंश महासंघ नेपालको आयोजनामा सोमबार सुन्दरहरैचा–७ ठडियामा रहेको महासंघको कार्यालयमा अष्ट ज सम्बन्धी जानकारी दिने कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट ज का प्रतिपादक तथा अमेरिकामा प्राध्यापन गर्ने डा. दुर्गादत्त पौडेलले आफूले १८ वर्षको अनुसन्धानपछि प्रतिपादन गरेको अवधारणा सार्वजनिक गरेको बताउनुभयो । नेपालका १४ जिल्लामा यो अवधारणा अघि सारिसकिएको उहाँको भनाइ थियो ।

सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरू तथा विभिन्न विद्यालयका विद्यार्थी गरी २०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

डा. पौडेलले लेख्नुभएको अष्ट ज अभियानसँग सम्बन्धित पुस्तकमाथि डा. इन्दिरा मिश्र र राजेन्द्र उप्रेतीले टिप्पणी गर्नुभएको थियो ।

अभियानमार्फत् सामाजिक चेतना, संस्कार र आर्थिक समृद्धिका विषयमा विस्तृत विचार विमर्श गरिएको थियो ।
कार्यक्रममा सुन्दरहरैंचा–१० का महेन्द्रकुमार इजम र सुन्दरहरैंचा–८ का दाताराम शर्मा पौडेललाई सम्मान पनि गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments