Wednesday, December 24, 2025
Homeअपराधलेटाङ नगरपालिकाद्वारा मोरङ प्रहरी सम्मानित

लेटाङ नगरपालिकाद्वारा मोरङ प्रहरी सम्मानित

लेटाङः १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय मोरङलाई धन्यवादसहित लेटाङ नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकाले विशेष कार्यक्रम गरी सम्मान गरेको हो । नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत शशि राईले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालसहित प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर शाह र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीलाई सम्मान गर्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments