Wednesday, December 24, 2025
Homeफिचरप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरको सञ्जाल ‘फ्री मिडिया नेटवर्क’ गठन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरको सञ्जाल ‘फ्री मिडिया नेटवर्क’ गठन

इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा स्वतन्त्र सञ्चार सञ्जाल (फ्री मिडिया नेटवर्क) गठन भएको छ ।

इन्टरनेशनल अलर्टको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अनवरत प्रभावकारी रूपमा काम गर्ने उद्देश्य सहित स्वतन्त्र फोरम गठन भएको हो । इन्टरनेशनल अलर्ट एसिया निर्देशक रविना श्रेष्ठ र सिनियर अफिसर प्रतिष्ठा थापाको उपस्थितिमा सम्पन्न भेलाले सो सञजाल गठन गरेको हो ।

बिहीबार इटहरीमा एक विशेष कार्यक्रमका बीच मानवअधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, प्याब्सन, हिसान, उद्योग वाणिज्य सङ्घ लगायतका प्रतिनिधिहरूको उपस्थितिमा भएको भेलाले व्यावसायिक पत्रकारिताको विकासमा काम गर्ने प्रतिबद्धता जनाएको हो ।

अध्यक्ष काफ्लेको संयोजकत्वमा १५ सदस्यीय समिति चयन भएको हो । सो सञ्जालमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीताकुमारी चौधरी, नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष अमर खड्का, जनकऋषि राई, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमाल, नेपाल बार एसोसिएसन सुनसरीका उपाध्यक्ष बलराम राई, मानवअधिकारकर्मी रमेश भट्टराई, महिला अधिकारकर्मी विनीता दाहाल सदस्य छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, सुनसरी उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष राजेश अग्रवाल, नागरिक समाज इटहरीका राजु केसी, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, प्याब्सन सुनसरी उपाध्यक्ष गणेश भण्डारी र एनजिओ फेडेरेसन सुनसरीका सचिव राम सुन्दर मेहता पनि सदस्य रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments