विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) कोशी प्रदेशको आयोजनामा आइतबार भएको प्रदेशस्तरीय अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा मोरङको विराटनगर–४ मा रहेको अरिहन्त स्कुल पहिलो भएको छ ।
सो विद्यालयकी छात्रा ईश्वरीकुमारी माझी पहिलो हुनुभएको हो । एन प्याब्सनले नै गरेको वक्तृत्वकला प्रतियोगितामा सो विद्यालयका विद्यार्थी प्रिन्स कार्कीले सान्त्वना स्थान हात पारेका थिए ।
एन प्याब्सन कोशी प्रदेशले सुन्दरहरैंचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न गरेको प्रतियोगितामा प्रदेशका २२ विद्यालय सहभागी थिए ।
प्रतियोगितामा जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो भएको छ । सुन्दरहरैंचाको हिमालय इङ्लिस स्कुलका विद्यार्थीले तेस्रो तथा इन्द्रपुर इङ्लिस बोर्डिङका प्रतियोगीले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगिताका विजयी प्रतियोगीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा एन प्याब्सनका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय पदाधिकारीको उल्लेख्य उपस्थिति थियो ।
नेपाली हस्तलेखनमा बेलबारीको मोरङ ज्ञानोदय पहिलो
एन प्याब्सनले गरेको प्रदेशस्तरीय वक्तृत्व प्रतियोगितामा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ पहिलो







