Monday, December 15, 2025
Homeफिचरसृजना सामुदायिक वन उपभोक्ता समूहको १५ औँ साधारणसभा सम्पन्न

सृजना सामुदायिक वन उपभोक्ता समूहको १५ औँ साधारणसभा सम्पन्न

गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको १५ आँै साधारणसभा आइतबार सम्पन्न भएको छ ।

साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले वन जोगाउन सबै उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो । १ हजार परिवार रहेको समूहबाट वनको रेखदेख तथा वृक्षरोपणलगायतका काम गर्न १० प्रतिशत पनि उपस्थित नहुनु दुःखद भएको बताउनुभयो ।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दाहालले आफ्नो कार्यालय मातहतमा रहेका ७ वटा सामुदायिक वन उपभोक्ता समूहमध्ये हरेक क्षेत्रमा पुछारमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहलाई अघि बढाउन कार्यसमिति तथा उपभोक्ता सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभालाई सो वन उपभोक्ता समूहका पूर्व अध्यक्ष भक्तिप्रसाद सिटौलाले पनि सम्बोधन गर्नुभएको थियो ।

समूहका अध्यक्ष लेखनाथ प्रसाईँले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समितिका संंयोजक डण्डबहादुर खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

रमेश आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष तारा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा छिमेकी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments