Monday, December 15, 2025
Homeफिचरएन प्याब्सनले गरेको प्रदेशस्तरीय वक्तृत्व प्रतियोगितामा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ पहिलो

एन प्याब्सनले गरेको प्रदेशस्तरीय वक्तृत्व प्रतियोगितामा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ पहिलो

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) कोशी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सुन्दरहरैंचा पहिलो भएको छ ।

१९ विद्यालय सहभागी भएको प्रतियोगितामा बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुल दोस्रो भएको छ । सुन्दरहरैंचा–१० को हिमालय इङ्लिस स्कुल तेस्रो तथा विराटनगर–४ को अरिहन्त इङ्लिस स्कुलले सान्त्वना स्थान हात पारेका छन् ।

जेनजी आन्दोलनले पारेको प्रभाव विषयमा अङ्ग्रेजी भाषामा भएको वक्तृत्व प्रतियोगिताका विजयी प्रतियोगीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सनका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय पदाधिकारीको उल्लेख्य उपस्थिति थियो ।

श्री इन्द्रपुर इङलिस बोर्डिङ स्कुलको प्राङ्गणमा भएको प्रतियोगिताको संयोजक चन्द्र धिमाल हुनुहुन्थ्यो । वक्तृत्वकलाको निर्णायकमा टेकेन्द्र बास्तोला रहनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments