Monday, December 15, 2025
Homeफिचरनेपाली हस्तलेखनमा बेलबारीको मोरङ ज्ञानोदय पहिलो

नेपाली हस्तलेखनमा बेलबारीको मोरङ ज्ञानोदय पहिलो

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) कोशी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा मोरङको बेलबारीमा रहेको मोरङ ज्ञानोदय सेकेण्डरी स्कुल पहिलो भएको छ ।

सो विद्यालयकी कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष्मा राई पहिलो भएकी हुन् ।

एन प्याब्सन कोशी प्रदेशले सुन्दरहरैंचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न गरेको प्रतियोगितामा प्रदेशका २२ विद्यालय सहभागी थिए ।

प्रतियोगितामा हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा दोस्रो भएको छ । लालीगुराँस इङ्लिस स्कुल बुढीगंगा तेस्रो तथा आभा इङ्लिस स्कुलका प्रतियोगीले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगिताका विजयी प्रतियोगीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सनका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय पदाधिकारीको उल्लेख्य उपस्थिति थियो ।

एन प्याब्सनले गरेको प्रदेशस्तरीय वक्तृत्व प्रतियोगितामा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ पहिलो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments