Monday, December 15, 2025
Homeफिचररास्वपा सुन्दरहरैंचाको सभापतिमा पुनः टेकमणि न्यौपाने (विवेक)

रास्वपा सुन्दरहरैंचाको सभापतिमा पुनः टेकमणि न्यौपाने (विवेक)

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुन्दरहरैंचा नगर अधिवेशनले पुनः टेकमणि न्यौपाने (विवेक) लाई नगर सभापतिमा चयन गरेको छ ।

शनिबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा भएको अधिवेशनले उपसभापतिमा देवीचरण बन्जारा (उज्ज्वल), सचिवमा प्रकाशकुमार घिमिरे र सह–सचिवमा रमेश आचार्यलाई चयन गरेको छ ।

नवनिर्वाचित नगर समितिका सदस्यहरूमा मन्दिरा उप्रेती, रीता चौहान, देवकुमारी बास्तोला, युवराज लामिछाने, भीमबहादुर जोगी, पीतराज घिमिरे, मित्रजंग थापा र प्रेमबहादुर भट्टराई चयन हुनुभएको छ । नगर समितिमा थप तीन जना सदस्य मनोनित गरिने जानकारी दिइएको छ ।

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि ढकाल प्रमुख अतिथि हुनुुहुन्थ्यो । अधिवेशनमा कोशी प्रदेश अध्यक्ष शरिन तामाङ, अशोक चौधरी, निश्चल मेहतालगायत प्रदेश, जिल्ला तथा विभिन्न पालिकाबाट आएका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments