काठमाडौंः आज गुरुङ समुदायले मनाइने तमु ल्होसार मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
मृग वर्षलाई बिदाइ गरी आजदेखि बाघ वर्ष शुरु भएको हो । गुरुङ समुदायले गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरेको पाइन्छ ।