धरानः मितेरी डेभलपमेन्ट बैङ्कको १८ औँ वार्षिक साधारण सभा शनिबार सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभा हलमा सम्पन्न भएको छ ।
साधारण सभाले यसअघि सञ्चालक समितिबाट घोषित ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा सर्वसाधारणका तर्फबाट पूर्व सञ्चालकसमेत रहेका ललित अग्रवाललाई बैङ्क सञ्चालक समिति अध्यक्ष किसन मास्के र प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले सम्मान–पत्र र खदा लगाएर सम्मान गरेका थिए ।
अन्य बैङ्क तथा वित्तीय संस्थामा गाभिने वा गाभ्ने (मर्जरमा जाने) विषयलाई समेत प्राथमिकतामा राख्दै सम्भावित मर्जरका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले प्रदान गर्ने निर्णय गरेको छ ।