सुन्दरहरैंचाः सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने १ विदेशी सहित ४ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ती ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । ती कम्पनीहरुलाई पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुस्मा र पोखरा महानगरपालिकाको सिफारिशमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । जसमा ३ वटा निर्माण कम्पनीलाई ३ वर्ष र १ निर्माण कम्पनीलाई २ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।