सुन्दरहरैंचाः बिहीबार शेयरबजार १ दशमलव ९३ अंकले घटेर २ हजार ६८ दशमलव ९० को विन्दुमा बन्द भएको छ ।
बिहीबार ७ समूहको सूचक बढेको छ भने ६ वटा समूहको सूचकमा रातो पोतिएको छ ।
बिहीबार नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता शेयर १ लाख १ हजार ५०४ पटक किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १ दशमलव २९ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह १ दशमलव १२ प्रतिशतले बढेको छ ।
व्यापार समूह १ दशमलव ७१ प्रतिशतले घटेको छ भने विकास बैंक ० दशमलव ७३ र बैंकिङ समूह ० दशमलव ५० प्रतिशतले घटेको छ ।
बिहीबार सोनापुर आयल एन्ड मिनरल्सकोे भएको छ ।