Friday, December 5, 2025
Homeअर्थ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको नोट छाप्ने ठेक्का पायो चिनियाँ कम्पनीले

४ खर्ब ३० अर्ब रुपैयाँबराबरको नोट छाप्ने ठेक्का पायो चिनियाँ कम्पनीले

विराटचोकः चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।

बैंकका अनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यसअघि ५० रुपैयाँ दरका नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीले पारेको थियो ।

मंसिर ११ गतेदेखि नेपाली बजारमा १०० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा आएका छन् ।

चीनमा छापिने भए ५० रुपैयाँ दरका ४२ करोड थान नोट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments