विराटचोकः यो साताका पाँचै कारोबार दिन नेपाली शेयर बजार मापक नेप्से परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.४३ अङ्कले बढेर २ हजार ६७६.०३ विन्दुमा अडिएको छ ।
बिहीबार जम्मा ३३३ वटा कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ८६ हजार १७० पटक किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँको शेयर किनबेच भएको छ ।
बिहीबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटा राताम्य भएका छन् । बिहीबार बैंकिङ समूह सर्वाधिक अर्थात् १.४७ प्रतिशतले बढ्दा फाइनान्स समूह आज सर्वाधिक ०.३८ प्रतिशतले घटेको थियो ।
बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४० करोड १७ लाख ७१ हजार १४५ रुपैयाँको शेयर किनबेच भएको छ ।
सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रीटेक, स्वस्तिक लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य १० प्रतिशतले बढ्दा हिमस्टार उर्जाको शेयरमूल्य सर्वाधिक ७.७८ प्रतिशतले झरेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख ८० हजार १०९ रुपैयाँ कायम भएको छ ।







