विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार २२० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको थियो ।







