Friday, December 5, 2025
Homeखेलकुदकर्णाली याक्सले चितवन राइनोज्लाई दियो १६७ रनको लक्ष्य

कर्णाली याक्सले चितवन राइनोज्लाई दियो १६७ रनको लक्ष्य

काठमाडौंः नेपाल प्रिमियर लिगअन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो । कर्णालीका लागि भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।

म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।

यो खेल सकिएपछि आजै विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स एनपीएलमा भिड्दै

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments