Friday, December 5, 2025
Homeखेलकुदचितवन राइनोजको रोमाञ्चक जीत

चितवन राइनोजको रोमाञ्चक जीत

कीर्तिपुरः कर्णाली याक्सलाई ४ विकेटले पछि पार्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा रोमाञ्चक जीत हात पारेको छ ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो । योसँगै चितवनले २ अंक जोडेको छ । चितवनका रवी बोपाराले सर्वाधिक ५२ रन बनाए । ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे ।

कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए । युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीले समान एकएक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । कर्णालीका प्रियांक पाञ्चलाले सर्वाधिक ९० रन बनाए । डेब्यु खेल खेलिरहेका उनी शतकबाट १० रनले चुके । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट भए । पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपेपछि कर्णालीले खातामा १६६ रन पुर्याएको हो ।

चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट लिए ।

दोस्रो दिनको दोस्रो खेल अहिले विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments