सुन्दरहरैंचाः हालै सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्डअन्तर्गतको नगरस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा सुन्दरहरैंचा–७ को ज्ञानज्योति इङ्लिस स्कुलले दोस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा विजयी हुने खेलाडी र खेल प्रशिक्षकलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । प्रतियोगितामा करातेतर्फ सन्दीप चौधरीले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै, तेक्वान्दोतर्फ कबिन लिम्बू र सोनिया मगरले स्वर्ण जितेका थिए । नश्रिन रानामगर र अभिलाषा राईले रजत तथा आर्या राईले कास्य पदक जितेका थिए ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवी सिटौलाका साथै अभिभावक, शिक्षक र प्रशिक्षकले विद्यार्थीलाई सम्मान गरेका थिए ।