विराटचोकः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपाल आज आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा शुरु हुने खेलमा नेपालसामु जित्नैपर्ने दबाब छ । लिग–२ अन्तर्गत भइरहेको यो शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब परेको हो । यसअघि अमेरिकाले शृङ्खलाको पहिलो खेलमा नेपालमाथि १०६ रनको विशाल जीत निकालेको थियो ।
यही शृङ्खलामा अमेरिकाले आयोजक युएईलाई चार विकेटले हराएको छ । दुई जीतसँगै अमेरिका हाल लिग–२ तालिकाको शीर्षस्थानमा रहेको छ ।







