विराटचोकः विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यतामा गत शनिबार भएको साधारणसभाले विदुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल र कोषाध्यक्षमा रमेश खड्का चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा नरप्रसाद भण्डारी, वासुदेव अधिकारी, पुरुषोत्तम भट्टराई, जमुना कोइराला, उमादेवी गुरागाई, गोपालप्रसाद पौडेल, टंकप्रसाद लामिछाने र विनोद चापागाई रहनुभएको छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष मेदिनीप्रसाद बराल, पूर्व अध्यक्ष मोहनप्रसाद काफ्ले, ज्येष्ठ सदस्य रामचन्द्र घिमिरे, प्रेमप्रसाद भट्टराई, अमृतप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको प्रगतिबारे समीक्षा र आगामी कार्यक्रमहरूबारे छलफल गरिएको थियो ।







