Friday, December 5, 2025
Homeकला र साहित्ययी हुन् तिहारसँग सम्बन्धित चर्चित नेपाली गीतहरू

यी हुन् तिहारसँग सम्बन्धित चर्चित नेपाली गीतहरू

विराटचोकः नेपाली चाडपर्वमा गीतको राम्रो उपस्थिति पाइन्छ । हरेक चाडपर्वमा गीतसङ्गीत जोडिन्छ । त्यसमाथि पनि देउसीभैलोको चाड तिहारमा त गीतसङ्गीतको ठूलो सम्बन्ध रहेको छ ।

यी हुन् तिहारमा धेरै बज्ने नेपाली गीतहरू
देउसीभैलोका गीतबाहेक तिहारमा बज्ने धेरै नेपाली गीतमा नेपाली चलचित्रका गीतहरू पर्दछन् । जसमध्ये २०४७ सालमा प्रदर्शनमा आएको चलचित्र ‘विजय पराजय’ र २०५० सालमा प्रदर्शनमा आएको चलचित्र ‘स्वर्ग’मा समावेश भएका तिहारसम्बन्धी गीत अधिक चर्चित गीत हुन् ।

चलचित्र स्वर्गमा समावेश भएको
तिहारै आयो लौ झिलिमिली
सुन हजुर भैलिनी आइन आँगन…’ बोलको गीत सम्भवतः धेरै गुञ्जिने तिहार गीतमा पर्दछ । जब तिहार नजिकिन्छ, तब यो गीत गाउँ र शहरमा गुञ्जिन थाल्छ । २०५० सालमा प्रदर्शनमा आएको चलचित्रमा समावेश भएको यो गीतको वजन, चर्चा र उचाइमा कमी आएको छैन ।

शम्भुजीत बासकोटाको सङ्गीत तथा लोचन भट्टराई र नूतन प्रधानको आवाज रहेको यो गीतमा गौरी मल्लले अभिनय गर्नुभएको छ । शम्भु प्रधानको निर्देशन अनि अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘स्वर्ग’को यो गीतको अडियो सिडी नै तत्कालीन समयमा लाखौं प्रति बिक्री भएको थियो । भिडियोमा वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

चलचित्र ‘विजय पराजय’ मा भाइटीकालाई प्रस्तुत गरेर बनाइएको गीत तिहारमा अधिक बज्ने र मन पराइने गीतमध्येमा पर्दछ ।
निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिरहू सँधै तिमी शिखरको बाटो
ओखरमा फोरी दिएँ बाधाहरू मैले
जता पनि पुग दाजै घामभन्दा पैले ’ चलचित्रमा बहिनी रूपा रानाले दाजु भुवन केसी र कृष्ण मल्ललाई भाइटीका लगाएको दृश्यलाई गीतमा मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीतमार्फत् नै बहिनीले तिहारको महत्व झल्काउने आशिष दिएकी छिन् ।

२०४७ सालमा प्रदर्शनमा आएको सो चलचित्रको निर्देशन राजेन्द्र शलभ निर्देशक रहेको फिल्म ‘विजय पराजय’को यो गीतमा शम्भुजीत बासकोटाको सङ्गीत छ । दिनेश अधिकारीले रचना गरेको सो गीत तिहारमा बज्ने र तिहारको महत्व गीतमार्फत् झल्काउने सफल गीतमा पर्दछ ।

त्यस्तै, सञ्चिता लुइँटेल अभिनित फिल्म ‘बन्दी’ को तिहार सम्बन्धी ‘भैलो खेलौं है भैलिनी हो’ बोलको गीत पनि चर्चित गीतमध्येमा पर्दछ । दयाराम पाण्डेले रचना गरेको सो गीतलाई अञ्जु पन्तले गाएकी छिन् भने सङ्गीत महेश खड्काको रहेको छ ।

चलचित्र ‘चिनो’मा समावेश भएको
दियो बाली साँझको
फूल सजाई पूजाको
माता लक्ष्मी बसीदेऊ आज
घर संसार सानो हाम्रो… बोलको गीत पनि चर्चित अर्काे तिहार गीत हो । यो गीतमा रञ्जित गजमेरको सङ्गीत छ । तुलसी घिमिरेले निर्देशन गरेको सो गीतमा दिवङ्गत कलाकारद्वय सुभद्रा अधिकारी र केशव भट्टराईको अभिनय छ । तिहार आएसँगै घन्किने गीतमध्ये पर्छ ‘चिनो’को यो गीत पनि ।

त्यस्तै, चलचित्र ‘अन्याय’ मा समावेश भएको
‘अधरमा आज उनकै छ गीत
भैलिनी आइन आँगन…….’ बोलको गीत पनि तिहारसम्बन्धी चर्चित गीत हो । यो गीतमा रञ्जित गजमेरको सङ्गीत रहेको छ भने मनिला सोताङले गाउनुभएको छ । तुलसी घिमिरेले निर्देशन गरेको सो चलचित्रमा विश्व बस्नेत र मीरा माधुरीको मुख्य अभिनय रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments