Friday, December 5, 2025
Homeधर्म र संस्कृतितिहारमा लगाइने सप्तरङ्गी टीकाको अर्थ र सांस्कृतिक महत्व

तिहारमा लगाइने सप्तरङ्गी टीकाको अर्थ र सांस्कृतिक महत्व

विराटचोकः नेपालीको महान् चाड तिहारको अन्तिम र मुख्य दिन आज दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई दीर्घायुको कामना गर्ने गर्छन् ।

दाजुभाइ र दिदीबहिनीबीच मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, आशीर्वाद दिने लिने, मेवा, मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

पौराणिक कालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको दिनको रुपमा आजको दिनको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच प्रकारको भनिएको छ । तिहारमा सात प्रकारका रङको टीका लगाउने कि पाँच प्रकारको भन्नेमा शास्त्र र संस्कृतिका जानकारको मत बाझिएको पाइन्छ ।

कथनअनुसार परापूर्वकालमा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । बहिनीको निम्ता स्वीकार्दै यमराज यमुना कहाँ ५ दिन बसे । अन्तिम दिन बहिनी यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । यमुनाको घरमा यमराज बसेका तिनै पाँच दिनलाई यमपञ्चक भनिन्छ ।

भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले तीन वा सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री फूलको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments