विराटचोकः जेन जी आन्दोलनका क्रममा अगाजनी र तोडफोड भएपछि क्षति पुगेको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा रहेको नेपालीरिका होटल मर्मत–सम्भारपछि हिजो लक्ष्मीपूजाका दिनदेखि पुनः सञ्चालनमा आएको छ ।
होटल सञ्चालक भोलेश्वर दुलालले पीडाबाट हार मर्मत कार्य पूरा गरी छोटो समयपछि होटल पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो । होटल पुनः सञ्चालनका अवसरमा आयोजित विशेष कार्यक्रममा सुन्दरहरैंचापालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं, पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, स्थानीय समाजसेवी, व्यवसायी र जनप्रतिनिधिहरूको उपस्थिति थियो ।







