Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज गाई पूजा, गोरु पूजा र गोबर्द्धन पूजा

आज गाई पूजा, गोरु पूजा र गोबर्द्धन पूजा

विराटचोकः नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज गाई पूजा, गोरु पूजा र गोबर्द्धन पूजा गरिँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा वा छिमेकीकको घरमा गई गाईको पूजाआजा गर्ने परम्परा छ ।

गाईगोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।

किसानको साथी, खेत जोत्न महत्वपूर्ण भूमिका खेल्ने गोरुको पनि आज पूजा गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले गोबरद्धन पर्वतको पूजा गरी आफ्नो हातको कान्छी औँलाले सो पर्वत उचाली छाता बनाएर गोकुलवासीलाई बचाएको सम्झनामा आज गोबरद्धन पर्वतको प्रतीकको रुपमा गाईको गोबरबाट गोबर्द्धन पर्वत बनाई पूजा गर्ने परम्परा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments