इटहरीः तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले असोज २८ गते शुरु गरेको ‘टीभीएस तिहार एक्सचेन्ज मेला’ आज सकिने भएको छ ।
सो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिने बताइएको छ । मेलामा ग्राहकका लागि तीस हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन, एक लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट र १० हजार रुपैयाँसम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध रहेको पारस अटोमोबाइल्सले जनाएको छ ।







